+
+
-- Sponsored Ad --

मल र वर्षाको अभावमा दाङमा धान रोपाइँ प्रभावित

214 पटक हेरिएको
Clock २०७९ असार १५, बुधबार १४:५५
-- Sponsored --

१५ असार,  दाङ। आज असार १५ गते । अर्थात मानो रोपेर मुरी फलाउने दिन । दही चिउरा खाएर हर्ष उल्लासका साथ  आजको दिन सामूहिक रूपमा धान रोपाइ सुरु गरिन्छ ।

दाङमा भने यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण असार १५ गते हुँदा पनि अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । असारको मध्यसम्म १० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रका दाङले जनाएको छ ।

मयमै पानी नपर्दा र मल अभाव भएकाले यस वर्ष अहिलेसम्म १० प्रतिशत मात्रै रोपाइँ सकिएको हो ।

पोहोर समयमै मनसुन सक्रिय हुँदा रोपाइँ पनि छिटै सुरु भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष असार १५ गतेसम्म जिल्लामा करिब ५० प्रतिशत बढी रोपाइँ भइसकेको थियो ।

‘यो वर्ष मनसुन समयमै सक्रिय नुहँदा रोपाइँ ढिला भयो’, कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले भने, ‘पानी नपर्दा कतिपय ठाउँहरुमा किसानले अहिलेसम्म धानको ब्याड राख्न सकेका छैनन् ।’

दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । असारको १५ गतेसम्म ३ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको कृषि अर्थ विज्ञ लामिछानेले बताए । उनका अनुसार दाङको देउखुरी क्षेत्र र बबई नदी किनार क्षेत्रमा बाहेक अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन ।

दाङमा खेती हुने जमिन मध्ये ३० प्रतिशत क्षेत्रमा बाह्रै महिना प्रयाप्त सिंचाइ हुने कृषि ज्ञान केन्द्रले बताउँछ । बाँकी जमिनका भने आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ ।

मल नपाउँदा पनि समस्या

रोपाइँ ढिलो हुनुको अर्को कारण कृषकले समयमा मल नपाउनु पनि हो । कतिपय किसानले बिउ तयार भइसके पनि रासायनिक मल नहुँदा रोपाइँ सुरु गर्न सकेका छैनन् । ‘रोपाइँ गर्ने बेला भइसक्यो तर मल पाएको छैन’, घोराही उपमहानगर–१६ का किसान रामप्रसाद चौधरी भन्छन्, ‘मल बिना कसरी रोपाइँ सुरु गर्ने ?’

माघयता लुम्बिनीमा एक बोरा पनि युरिया झरेन

यो वर्ष युरिया मलको चरम अभाव छ । वर्षे धान र मकै खेतीको लागि भित्रिनुपर्ने युरिया मल भित्रिएको छैन । डीएपी र पोटास केही आए पनि त्यो किसानको लागि पर्याप्त छैन ।

जिल्लामा तत्काल १५ सय टन यूरिया र एक हजार टन डिएपी मल आवश्यक रहेको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टिआर गौतमले जानकारी दिए । ‘मलको अभाव छ, आएको मल प्रयाप्त छैन’ उनले भने, ‘माथिल्लो तहबाट थप मल ल्याउन प्रयास भइरहेको छ । छिट्टै मल आइपुग्छ कि ?’

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win