एक साताको बेलायत भ्रमणपछि प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

कात्तिक १८, काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज बिहीबार स्वदेश फर्किन लागेका हुन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए। नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए। जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *