+
+
-- Sponsored Ad --

प्रचण्डसँग चितवनमा प्रतिस्पर्धा गर्न राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेशको चर्चा

470 पटक हेरिएको
Clock २०७८ कार्तिक २१, आईतवार ०८:१३
-- Sponsored --

कात्तिक २१, काठमाडौं ।। एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ। उनी एमाले प्रवेश गर्ने सम्भावना धेरै रहेको पनि पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बस्नेतले शुक्रबार दिएको अन्तर्वार्तामा दावी गरेका छन् ।

चितवनमा त प्रचण्डले चुनाव जित्ने फेरि पनि निश्चित छ भनिन्छ नि भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेकाे दावी गरे । ‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो नि, एमाले, काँग्रेस, राप्रपा र त्यस पछाडि माओवादी केन्द्र हो’, उनले भने, ‘विक्रम पाण्डे त कम पपुलर हुनुहुन्छ र ?’

उनले थपे, ‘विक्रम पाण्डे एमालेमा आउने स्थिति बन्यो भने त प्रचण्ड समानुपातिकतर्फ गइहाल्नुहुन्छ । कि वर्षमान पुनलाई हटाएर रोल्पामा उठ्नुपर्यो कि जनार्दनलाई हटाएर रुकुममा उठ्नुपर्यो । अरु सुरक्षित सिट कहीँ होलाजस्तो मलाई लाग्दैन ।’

व्यवसायी समेत रहेका पाण्डे यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । अहिले चुनाव लड्नकै लागि उनी एमाले प्रवेश गरेर आफूलाई थप अब्बल बनाउने दौडमा रहेको बताइएको छ । यस विषयमा नेता पाण्डेसँग सम्पर्क गर्दा भने उनी सम्पर्कमा आउन चाहेनन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win