३ करोड खोप बाटोमा, ५ करोड खोप आउने पक्का: स्वास्थ्यमन्त्री

काठमाडौं, कार्तिक २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अहिलेसम्म ५ करोडभन्दा धेरै खोपको सुनिश्चितता भइसकेको दाबी गरेका छन्।

स्वास्थ्य मन्त्री खतिवडाले बुधबारसम्म  २ करोड २५ लाख आसपासमा खोप आइसकेको दाबी समेत गरे।

‘३ करोडभन्दा माथि खोप पाइप लाइनमा छन्। ५ करोडभन्दा माथि खोपको सुनिश्चित गरिसकेका छौं। त्यो भनेको पर्याप्त हो,’उनले भने,’अन्य सहयोग प्राप्त हुने क्रम जारी छ। बुधबारमात्रै ६० लाख खोपको प्रतिबद्धता आएको छ। यो सबै जोड्दा झण्डै ६ करोड खोप सुनिश्चित भइसकेको छ।’

उनले चैतसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई लक्ष्य अनुसारको खोप लगाइसक्ने दाबी गरे।

‘सुरूमा हामीले १८ वर्षभन्दा माथिका नागरिकलाई लगाउने भनेको हो। लक्षित समूह र त्यसको ७२ प्रतिशतलाई पुर्‍याउँछौं भनेको हो। चैतसम्मको प्रतिबद्धता पूरा हुन्छ,’उनले भने,’१२ देखि १८ वर्ष उमेर समूहको लागि १ करोड खोप सुनिश्चित गरिसकेका छौं। त्यसमध्ये ६० लाख खोपको भुक्तानी गरिसकेका छौं। सम्झौता भएको १ महिनाभित्र खोप आउँछ।’

२ वर्षदेखि १२ वर्षसम्मको उमेर समूहको लागि खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भन्दै उनले आफूहरूलाई औपचारिक जानकारी भने नआइसकेको बताए।

यो खोपका लागि समेत प्रयत्न भइरहेको उनको भनाइ छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 30 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *