+
+
-- Sponsored Ad --

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस

592 पटक हेरिएको
Clock २०७८ कार्तिक २६, शुक्रबार २१:५९
-- Sponsored --

कात्तिक २६,उदयपुर ।। पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्तरूपमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन्। 

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन्।

मूल्यवृद्धिको विरोधमा कटारी, नेपालटार, गाईघाट, बेल्टारमा मसाल जुलुस प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टी विप्लवका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले जानकारी दिए। 

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ। खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।

बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win