+
+
-- Sponsored Ad --

आजदेखि नेकपा एसकाे केन्द्रीय कमिटी बैठक, यी हुन् एजेण्डा

318 पटक हेरिएको
Clock २०७८ कार्तिक २७, शनिबार ११:०५
-- Sponsored --

कात्तिक २७, काठमाडौं ।। सत्ता गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट सुरु हुँदैछ। आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन्।  

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ।

आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ। बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ। 

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win