ह्वाटसएप चलाउन अब इन्टरनेट नचाहिने ।

सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् ।

यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन । अर्थात् अब एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् र त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नुपर्ने छैन ।

ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताविनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ । प्राइमरी स्मार्टफोनविनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ ।

कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । जस अनुसार यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन् ।

म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएक डिभाइसहरू १४ दिनसम्म मेसेज प्राप्त गर्न तथा पठाउन सक्षम हुनेछन् ।

एजेन्सी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 101 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 38 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *