महिला राष्ट्रिय फुटबल टोलीका ६ सहित ४० खेलाडी यू-१९ प्रशिक्षणमा

काठमाडौं, ७ मंसिर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । 

एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो । 

एन्फाले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् । 

घोषित टोलीमा अन्जना राना मगर, विमला विक, प्रीतिकुलुङ राई, सविता राना मगर, रजनी थोकर र रश्मिकुमारी घिसिङ राष्ट्रिय टोलीका सदस्य हुन् । ६ खेलाडीले गत वर्ष भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिप खेलेका थिए । 

अन्जनाबाहेक अन्यले दशरथ रंगशालामा साउनमा भएको दुई मैत्रीपूर्ण खेल क्रममा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । 

यस्तै सुष्मा तामाङ, रोजिना श्रेष्ठ, सलोनी राना मगर, रेनुका हमाल, मेनुका आले मगर, अमिशा कार्कीले यसअघि नै यू-१८ साफ च्याम्पियनसिप खेलेका थिए । मुख्य प्रशिक्षकमा हरिओम रहँदा सहायक प्रशिक्षकमा गंगा गुरुङले जिम्मेवारी पाएकी छन् भने गोलरक्षक प्रशिक्षकमा प्रकाश वैद्य छन् । 

ढाकामा हुने साफ ११ देखि २२ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, आयोजक बंगलादेश, श्रीलंका र भुटानको सहभागिता हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा ११ डिसेम्बर आयोजक बंगलादेशको सामना गर्नेछ । दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकासँग खेल्दा १७ डिसेम्बरमा भुटानविरुद्ध खेल्नेछ । नेपालले सिंगल राउन्ड रोबिनको अन्तिम तथा चौथो खेलमा भारतसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली टोली 
अन्जना राना मगर, लीला जोशी, पूजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला बिक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुष्मा तामाङ, तुलसा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, सुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षाकुमारी सिंह, दिपा शाही, प्रीतिकुलुङ राई, सविता राना मगर, सुन्कला राई, रेनुका हमाल, अन्जली मचामसी, मेनुका आले मगर, रजनी थोकर, रश्मिकुमारी घिसिङ, सदिपा भोलन, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिशा कार्की, सुनिता तामाङ, जेनिफर राना ।
 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 30 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *