+
+
-- Sponsored Ad --

काँग्रेस नवलपुर क्षेत्र नं.१ को सभापतिमा युवानेता अमृत भट्टचन विजयी

565 पटक हेरिएको
Clock २०७८ मंसिर ८, बुधबार २०:१०
-- Sponsored --

मंसिर ८, गैँडाकोट । नेपाली काँग्रेस नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ को सभापतिमा युवा नेता अमृत भट्टचन विजयी भएका छन् ।आफ्ना प्रतिष्पर्धी कमलप्रसाद पराजुलीलाइ   २२३ काे भारी मतले पछि पार्दै युवा नेता भट्टचनले सभापति पदमा बाजी मारेका हुन् ।भट्टचनले ६७० मत ल्याउँदा उनका प्रतिष्पर्धी कमल पराजुलीले ४४७ मतमा चित्त बुझाए ।

काँग्रेस सभापति शेर बहादुर देउवा निकटका मानिने भट्टचनलाई जिल्लामा नेता महेन्द्रध्वज जिसी समुुहको साथ थियो । सभापति पदमा पराजित भएका कमलप्रसाद पराजुली काँग्रेस महामन्त्री शंसाक कोईराला समुहका नेता हुन् ।नवलपुरको क्षेत्र नं. १ मा पटक पटक शंसाक कोइरालाले चुनाव जितेर गएपनि उनि निश्चित समुहको घेरा भित्र परेको भन्दै भट्टचनले सो सिन्डिकेट तोड्नको लागि आफुले उमेदवारी दिएको बताउँदै आएका थिए ।

सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भए । अमृत श्रेष्ठले ५८७ मत र  शालिकराम सापकोटाले ५६४ मत प्राप्त गरेर विजयी भएका हुन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएका छन् । सचिव पदमा विजयी भएका शालिकराम सापकोटा र सहसचिव पदमा विजयी भएका टिकाराम सापकाेटा दुवै सभापति भट्टचन पक्षका उमेदवार हुन् ।  सभापति पदमा अमृतले बाजी मारेसँगै अवकाे जिल्ला अधिवेशनकाे कसकाे पाेल्टामा जाने हाे भन्ने विषय पेचिलाे बनकाे छ ।

क्षेत्रीय सभापतिमा विजयी भएपछि उज्यालाे खबरलाई पहिलाे प्रतिकृया दिदै उनले अव काँग्रेस एक बनाएर अघि बढ्ने बताए ,समग्र युवाहरुकाे प्रतिनिधित्व र अग्रजलाई सम्मान गर्दै पार्टि बलियाे बनाउन लाग्ने छु उनले भने गुट र उपगुटले पार्टिलाई राम्राे गर्दैन ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win