कावासातीमा १० दिने प्रथम बृहत् खाना महोत्सव हुने

कावासोती ,मङ्सिर ९ ।
पुस ८ गतेदेखि कावासातीमा महोत्सव हुने भएको छ । नवलपुर होटल व्यवसायी संघ नवलपुरको आयोजनामा पुस ८ गते देखि १७ गते सम्म कावासोती स्थित टुवोर्ग ग्राउण्डमा महोत्सवको आयोजना गरिएको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोस रानाले बताउनु भयो ।
संघले १० दिने प्रथम बृहत् खाना ,पर्यटन ,सास्कृतिक तथा व्यापारीक महोत्व गर्न लागेको अध्यक्ष रानाले बताउनुभयो ।
नवलपुरको पर्यटन विकास केन्द्रीत हुने ,यहाँका विभिन्न जातिका खानाका परिकार सहित उनिहरुका सस्कृती झल्काउने नृत्य , जंगल सफारी , प्याराग्लाइडिङ्ग लगायत महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ ।
कोभिडका कारण सुस्ताएको नवलपुरको पर्यटन गतिविधिलाई चलायमान गराउ महोत्सव गर्न लागिएको समेत अध्यक्ष रानाले बताउनुभयो ।
महोत्सवमा करिब २०० स्टल रहने र कुल १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
होटल व्यवसायी संघका केन्द्रीय सदस्य बालकृष्ण पौडेलले महोत्सवले यहाँको पर्यटनको विकास सहित जिल्लाको आर्थिक चलायमान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीले फरकपन दिदै जिल्लाको पहिचान थप स्थापित गराउन लाग्नुपर्नेमा जोड दिदै महोत्सव सफल पार्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।