+
+
-- Sponsored Ad --

एमालेको महाधिवेशन अन्तर्गत बन्द सत्र अझै सुरु हुन सकेन

555 पटक हेरिएको
Clock २०७८ मंसिर ११, शनिबार ११:४२
-- Sponsored --

मंसिर ११, चितवन ।। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रममा ढिलाइ भएको छ ।

बिहान ८ बजे नै बन्दसत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । हिजो रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य, पदाधिकारी र आयोगका सदस्य सङ्ख्या बढाउने र ९९ सय सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको छ ।

यो निर्णयलाई बन्द सत्रमा छलफल गराएर विधान संशोधन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म बन्द सत्र नै सुरु हुन सकेको छैन । सकभर सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नको लागि नेताहरु छलफलमा जुटेकाले बन्द सत्रमा ढिलाइ भएको एक नेताले जानकारी दिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win