+
+
-- Sponsored Ad --

प्रदेश अधिबेशन सरेसँगै नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिबेशन अनिश्चित

579 पटक हेरिएको
Clock २०७८ मंसिर १३, सोमबार १९:१७
-- Sponsored --

नवलपुर, मंसीर १३ । 
नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिबेशन अनिश्चित बनेको छ । मंसीर १० र ११ गतेलाई तय भएको अधिबेशन आवश्यक तयारी नपुगेको भन्दै १९ र २० गतेलाई सारिएको अधिबेशन फेरी अनिश्चित बनेको हो । १६ र १७ मंसीरमा आह्वान भएको गण्डकी प्रदेश अधिबेशनको मिति १८ र १९ मंसीरमा सरेसँगै अन्यौलको स्थिति आएको हो । 

कांग्रेस नवलपुरका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले पनि प्रदेशको कार्य तालिका सरेको अनौपचारिक जानकारी पाएको बताए । औपचारिक रुपमा जानकारी आए पछि जिल्ला अधिवेशनको विषयमा निर्वाचन समिति र पार्टीका नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिईने सिग्देलको भनाई छ । 

“ प्रदेश अधिवेशन मंसिर १८ र १९ मा तय भए जिल्लाको मंसिर १९ र २० मा सम्भव छैन, यस विषयमा पार्टीका नेताहरु सँग आवश्यक छलफल गरेर उचित निर्णय लिन्छौ”, सिग्देलले भने ।
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win