कांग्रेस अधिवेशन: निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित
१६ मंसिर, सर्लाही ।। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीबार बिहानैबाट सम्पर्कविहीन बनेका हुन् । कडा विवादका बीच वडा अधिवेशन गराएका निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने र शुक्रवार प्रदेश र क्षेत्रीय अधिवेशन गराउने तयारीमा थिए ।
तर, निर्वाचन अधिकृत राउत सम्पर्कविहीन भएसँगै शुक्रवारको लागि तय भएको प्रदेश र क्षेत्रीय अधिवेशन समेत अनिश्चित बनेको छ । जिल्लास्थित सुरक्षा निकायको सम्पर्कमा समेत राउत नरहेका स्रोतको भनाइ छ । जिल्लामा सोमबार भएको वडा अधिवेशनअन्तर्गत मुख्य गरी निर्वाचन क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो ।
सोही क्रममा दुई पटक गोलीसमेत चलेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ स्थित प्रतिनिधि सभा सांसद अम्रेश कुमार सिंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह बीच कडा टकरावकोस्थिती सृजना भएको छ । विवाद उग्र बन्दै गएको, एकअर्काको अस्तित्व मेटाउने खेलमा नेता लागेपछि असुरक्षा महसुस गर्दै निर्वाचन अधिकृत राउत काठमाडौँ फर्किएको हुन सक्ने केहीको अनुमान पनि छ । तर, हालसम्म यसको पुष्टि भने हुन सकेको छैन ।
कांग्रेसका संस्थापन पक्षमा मानिनै जिल्ला सभापति र इतर पक्षसँग समेत राउत सम्पर्कमा नरहेका नेताहरूको भनाइ छ । सर्लाही कांग्रेसको अधिवेशन गराउन खटिएका दुई निर्वाचन अधिकृत दुई पक्षको चर्को विवाद देखेपछि निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर काठमाडौँ फर्किएका थिए ।
निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि फेरि एक पटक सर्लाहीका कांग्रेस नेता कार्यकर्तामा निराशा छाएको छ । अन्तिम समयमा आएर अधिवेशन प्रक्रिया अन्योलमा परेपछि सर्लाहीबाट कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सहभागी हुने सम्भावनासमेत अनिश्चित बनेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले