नवलपुरबाट काँग्रेसको गण्डकी अधिबेशनमा को–को उठ्दैछन् ?
खगेन्द्र पराजुली,
नवलपुर, मंसीर १७ । संघीयतापछिको पार्टी संगठनको परिवर्तित ढाँचा अनुसार पहिलो पटक नेपाली काँग्रेसले प्रदेश अधिबेशन गर्दैछ । ७ प्रदेशमध्ये गण्डकी प्रदेशमा पनि प्रदेश अधिबेशनमार्फत गण्डकी प्रदेश कार्य समिति बन्दैछ । गण्डकीका ११ जिल्लामध्ये नवलपुरबाट प्रदेश कार्य समितिमा करीव १ दर्जन महाधिबेशन प्रतिनिधि आकांक्षी देखिएका छन् ।
नवलपुरबाट महामन्त्री, सहमहामन्त्री लगायत खुल्ला तथा विधागत सदस्यमा उम्मेदवारले आकांक्षा जनाएका हुन् । विषेशगरी सामाजिक सञ्जालको प्रयोग गर्दै आकांक्षीले उम्मेदवारी घोषणा गर्दै आफूलाई सघाउन अपिल गरेका छन् ।
प्रदेश कार्य समितिमा आकांक्षा राख्नेमा संसदीय पद धारण गरेका प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीमा लामो समयदेखि योगदान पुर्याईरहेका तर कुनै पनि पद धारण नगरेकासम्म छन् ।
नवलपुरबाट पार्टीका जिल्ला सभापति, प्रदेश सांसद एवं विधायन समितिका सभापति समेत रहेका बिष्णुप्रसाद लामिछानेले प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । यस्तै सह–महामन्त्रीमा गैंडाकोटका गणेश सापकोटाले आफ्नो उम्मेदवारी रहने जनाएका छन् । महिलातर्फ सह–महामन्त्रीमै प्रदेश सांसद ओमकला गौतमको दावी छ ।
गण्डकी प्रदेश कार्य समितिको सदस्यमा अशोक बस्ताकोटी, बाबुराम कंडेल, बिष्णुकुमारी कंडेल, ओमकुमारी महतो, सीता कुँवर, सुरज गुरुङ र ईन्द्रबहादुर महतोले उम्मेदवारी दिने जनाएका छन् ।
सदस्यका आकांक्षी विष्णुकुमारी कंडेल गैंडाकोट नगरपालिकाकी उपमेयर हुन् भने ओमकुमारी महतो मध्यविन्दु नगरपालिकाकी उपमेयर हुन् ।
महतो खुल्ला महिलातर्फबाट उम्मेदवार बन्ने सुरमा छन् अर्का आकांक्षी सीता कुँवर महिला कोटाबाट प्रदेश सदस्य बन्न चाहन्छिन् ।
सुरज गुरुङले जनजातितर्फबाट सदस्य पदमा आकांक्षा राखेका छन् भने ईन्द्रबहादुर महतोले थारुतर्फबाट सदस्यका लागि दावी गर्ने भएका छन् ।
यसअघि गण्डकी प्रदेश सभापतिमा उम्मेदवार बन्ने घोषणा गरिसकेका जिल्लाका प्रभावशाली नेता महेन्द्रध्वज जिसीलाई भने पौडेल समूहले “ब्याक” गराएको छ ।
देउवा समूहबाट पर्वतका अर्जुनप्रसाद जोसीलाई एकल उम्मेदवारका रुपमा ल्याएपछि पौडेल समूहको बैठकले शुक्रराज शर्मालाई उम्मेदवार बनाउने सहमति भएपछि जिसी सहित अन्य ५ जना सभापतिका आकांक्षीलाई पौडेल समूहले ब्याक गराएको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको