+
+
-- Sponsored Ad --

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

382 पटक हेरिएको
Clock २०७८ मंसिर १८, शनिबार १३:५६
-- Sponsored --

१८ मंसिर, काठमाडौं ।। घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका पुगेका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर छैन। अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए।

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको बताएका थिए। नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो। यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ। अहिले यो भाइरस विश्वका ४० भन्दा बढी देशमा भेटिइसकेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win