काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय : तीन प्रतिवेदन र एक अनुमोदन प्रस्ताव पारित
२४ मंसिर, काठमाडौं ।। सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बिहीवार पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य समितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरुसम्बन्धी प्रतिवेदन तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले महामन्त्रीको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित सांगठनिक प्रस्ताव केन्द्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताए ।
त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेश भएको थियो । सो प्रतिवेदन पनि बैठकले सर्वसम्मतिले पारित गरेको प्रवक्ता शर्माले बताए । उनका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँ भन्दा माथि मौज्दात रकम रहेको लेखासमितिको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बैठकले पार्टीका उपसभापति विमलेन्द्र निधी संयोजक रहेको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन पनि सर्वसम्मतरुपमा पारित गरेको छ ।
प्रवक्ता शर्माले केन्द्रिय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने बताए । त्यस्तै बैठकमा पेश भएको अनुमोदन सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्दसत्रमा जान मार्ग प्रशस्त भएको बताए ।
प्रवक्ता शर्माले बैठकमा पार्टीका नेताहरुले महाधिवेशनलाई अझै व्यवस्थित बनाउन र प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेको थिए ।
https://www.nsancharonline.com/archives/8188?p=8188कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/8188?p=8188२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/8188?p=8188पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/8188?p=8188दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/8188?p=8188काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/8188?p=8188दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/8188?p=8188कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/8188?p=8188एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/8188?p=8188गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/8188?p=8188चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति