+
+
-- Sponsored Ad --

यी जिल्लाहरूमा पुस ४ गतेदेखि १२ वर्षमाथिका बालबालिकालाई खोप दिइँदै

484 पटक हेरिएको
Clock २०७८ पुष २, शुक्रबार १७:५८
-- Sponsored --

पौष २, काठमाडौं ।। सरकारले आगामी आइतबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको मेर्डना खोप दिँदैछ । देशभरका ५७ जिल्लामा विद्यालयलाई केन्द्र बनाएर मोर्डना खोप दिन लागिएको हो ।

मोर्डनाको पहिलो डोज पुस ४ देखि १४ गतेसम्म र दोस्रो डोज माघ २ देखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जासंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी बाँकी २० जिल्लाका १२ देखि १७ बर्षका नागरिकलाई भने सरकारले फाइजर खोप दिने भएको छ ।

२० मध्ये वाग्मतीका ६, कार्णालीको एक र सुदूरपश्चिमको एक जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म पहिलो र माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज दिइनेछ । बाँकी जिल्लामा भने खोप दिने मिति पछि निर्धारण गरिने मन्त्रालयले जनाएको छ ।

यी खोपहरू पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई लगाउन सरकारले अनुरोध गरेको छ ।

यी हुन् फाइजर र मोर्डना खोप दिइने जिल्लाहरू

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win