+
+
-- Sponsored Ad --

चोरमारा रंगशालामा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु ।

344 पटक हेरिएको
Clock २०७८ पुष ३, शनिबार १८:०८
-- Sponsored --

नवलपुर : नवलपुर जिल्ला फुटबल संघको आयोजनामा आज देखि नवलपुरको मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा रंगशालामा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
आज भएको चोरमारा युवा क्लव र अरुणदय सामुदायिक बिकास केन्द्र बीचको उद्घाटन खेलमा कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल ड्र भएको थियो ।
आजको खेलमा अरुणदय सामुदायिक बिकास केन्द्र का जर्सी नम्बर ८ का विवेक थापा म्यान अफ द म्याच घोषित भएका थिए । .
प्रतियोगिता अन्तर्गत भोलि तिन खेल हुदैछन । भोलि बिहान ८ बजे मातृभूमि युवा क्लव र युनाइटेड युवा क्लव बीच खेल हुनेछ ।
यस्तै दिउसो १२ बजे हुने दोस्रो खेलमा अभ्युदय सामुदायिक बिकास प्रतिष्ठान र डायमण्ड युवा सोसाईटी बीच खेल हुने जिल्ला फुटबल संघ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए ।
यस्तै भोलि नै हुने तेस्रो खेलमा हरियाली युवा क्लव र श्री दुर्गा युवा क्लव बीच प्रतिस्पर्धा हुने पुनले बताए ।
प्रतियोगिताको आज मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले समुद्घाटन गरेका हुन । प्रतियोगिताको समुद्घाटन गर्दै नगरप्रमुख रानाले खेलको माध्यमबाट स्थानीय क्षेत्र हुदै राष्ट्र र राष्ट्रिय भावनाको बिकास हुने कुरामा जोड दिए ।
स्वास्थ्यको लागि र राष्ट्रको लागि खेलकुद भन्ने बिषयलाई जोड्दै रानाले स्थानीय स्तरमा हुने खेलले स्थानीय पहिचान र अन्तराष्ट्रिय खेलकुदले राष्ट्रिय पहिचान स्थापीत गर्ने बताए ।
बिभिन्न देशमा भाग लिन जाने नेपाली खेलाडीहरुको समर्थनमा त्यहाँ हुने नेपालीहरुको सहभागीताले यसलाई थप प्रष्ट पारेको रानाको भनाइ थियो ।
सामुहिकताले नै सबै कार्यमा सफलता मिल्ने कुराको सिकाई फुटबल खेलले प्रदान गर्ने गरेको समेत रानाले बताए ।
मध्यविन्दु नगरपालिकाले खेलकुदको बिकासको लागि सवैद अग्रणी भूमिका खेलेको भन्दै उन्ले खेल क्षेत्र र खेलाडीको स्तर बिकासको लागि आवश्यक सहकार्य गर्न पालिका तयार रहेको उहाँले बताए ।
जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको खेलको उद्घाटन कार्यक्रममा नगरप्रमुख चन्द्र बहादुर राना, मध्यविन्दु–७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवाली, जिल्ला खेलकुद बिकास समितिका पदाधिकारीहरु, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला फुटबल संघ आयोजक रहेको उक्त खेलको संयोजन तथा व्यवस्थापन स्थानीय चोरमारा युवा क्लवले गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win