+
+
-- Sponsored Ad --

ओमिक्रोन १०८ देशमा फैलियाे: डेढ लाख बढी संक्रमित, २६ जनाको मृत्यु

526 पटक हेरिएको
Clock २०७८ पुष १०, शनिबार ०७:४६
-- Sponsored --

एन सञ्चार, पौष १०,

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या विश्वमा डेढ लाख पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १०८ देशमा यो संक्रमण फैलिएको छ।

त्यस्तै ओमिक्रोनबाट २६ जनाको मृत्यु भएको छ। ओमिक्रोनबाट सबैभन्दा धेरै बेलायत, अमेरिका अष्ट्रेलिया, डेनमार्क, नर्वे, क्यानडा, जर्मनी र दक्षिण अफ्रिका रहेको बताइएको छ। 

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक रहेको बताएको छ। यो डेल्टा भेरियन्टभन्दा तीव्ररुपमा विश्वमा फैलिरहेको बताइएको छ। कोरोनाको चौथो लहर आउने सम्भावना रहेको भन्दै विज्ञहरुले अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। 

ओमिक्रोनबाट छिमेकी देश पनि प्रभावित भएको छ। नेपालमा भने हालसम्म तीन जना संक्रमित भेटिएका छन्।एजेन्सी

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win