ओमिक्रोन १०८ देशमा फैलियाे: डेढ लाख बढी संक्रमित, २६ जनाको मृत्यु

एन सञ्चार, पौष १०,

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या विश्वमा डेढ लाख पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १०८ देशमा यो संक्रमण फैलिएको छ।

त्यस्तै ओमिक्रोनबाट २६ जनाको मृत्यु भएको छ। ओमिक्रोनबाट सबैभन्दा धेरै बेलायत, अमेरिका अष्ट्रेलिया, डेनमार्क, नर्वे, क्यानडा, जर्मनी र दक्षिण अफ्रिका रहेको बताइएको छ। 

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक रहेको बताएको छ। यो डेल्टा भेरियन्टभन्दा तीव्ररुपमा विश्वमा फैलिरहेको बताइएको छ। कोरोनाको चौथो लहर आउने सम्भावना रहेको भन्दै विज्ञहरुले अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। 

ओमिक्रोनबाट छिमेकी देश पनि प्रभावित भएको छ। नेपालमा भने हालसम्म तीन जना संक्रमित भेटिएका छन्।एजेन्सी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 37 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *