+
+
-- Sponsored Ad --

कांग्रेस निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न, के-के भए निर्णय?

627 पटक हेरिएको
Clock २०७८ पुष १०, शनिबार १७:३६
-- Sponsored --

एन सञ्चार, पौष १०।। चार वटा निर्णय गर्दै नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो। बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ। 

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए। दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ । 

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ। निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुले आजै निर्वाचित भएको प्रमाण पत्र पनि ग्रहण गरेका छन्। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win