+
+
-- Sponsored Ad --

विश्वमा एकैदिन थपिए १५ लाख २२ हजार काेराेना संक्रमित, हालसम्मकै उच्च संख्या

570 पटक हेरिएको
Clock २०७८ पुष १५, बिहीबार ०७:५७
-- Sponsored --

एन सञ्चार, पुष १५ः

विश्वभर एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। ओर्ल्डोमिटरले देखाए अनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये अमेरिकामा मात्रै ४ लाख ३८ हजार छन् । यस्तै फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटालीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यता एकदिनमा ५ लाख ६९ हजार निको भएका छन् । ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन्। 

यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ। तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win