+
+
-- Sponsored Ad --

अवरुद्ध पुर्व पश्चिम महेन्द्र राजमार्ग सन्चालनमा

418 पटक हेरिएको
Clock २०७८ पुष १५, बिहीबार १९:२७
-- Sponsored --

नवलपुर । मंगलबार राती देखि अवरुद्ध भएको पुर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ ।लागातारको झरिले कावासोतीको खरकट्टामा रहेको डाईभर्सनमा क्षती पुर्‍याए पछि अवरुद्ध सडक डाईभर्सन मर्मत गरेर आज दिउसाेबाट सन्चालनमा ल्याईएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राती देखि जाममा परेका सवारीलाई आलोपालो गरेर गन्तव्यमा पठाउने काम भै रहेको छ । डाईभर्सन मर्मतको काम भै रहेकाले सडक पुर्णरुपमा सन्चालनमा आउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम सडक बिस्तारको क्रममा बनाउन लागिएको दर्जनौ साना, ठुला पुल र कल्भट निर्माण गरिएका ठाउँमा सवारी आवतजावत गर्ने ठाउँमा बनाईएका डाईभर्सनहरुमा सानो पानी पर्दा पनि क्षती भएर सवारी आवागमन हुन नसक्ने समस्या पटक पटक आईरहदा पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुले भने निकै सास्ती भोग्नु परेको छ ।

 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win