+
+
-- Sponsored Ad --

सन् २०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त हुनेमा डब्ल्यूएचओकाे विश्वास

502 पटक हेरिएको
Clock २०७८ पुष १७, शनिबार ०८:३२
-- Sponsored --

एन सञ्चार, पुष १७ः काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।

सङ्गठनका प्रमुख डा. टेड्राेस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।

डब्ल्यूएचओका प्रमुख डा. गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ ।

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको सङ्ख्या २ सय ८७ मिलियन पुगेको छ ।

कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win