+
+
-- Sponsored Ad --

देश र जनताको आवश्यकताले फेरि अध्यक्ष भएँ: प्रचण्ड

409 पटक हेरिएको
Clock २०७८ पुष १९, सोमबार २०:०४
-- Sponsored --

एन सञ्चार, १९ पुषः

नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् । 

अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रूपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुनः नेतृत्वमा आएको बताएका हुन् । उनले आज आफूले पाएको अभिभाराले पुनः ठुलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।

माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।

उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठुलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरूको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।

दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन्  महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win