+
+
-- Sponsored Ad --

राष्ट्रिय सभा सदस्य निर्वाचन: आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ

529 पटक हेरिएको
Clock २०७८ पुष २२, बिहीबार ०७:२३
-- Sponsored --

एन सञ्चार, २२ पुषः

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । हिजो दाबी विरोध र उजुरी दिन सकिने कार्यतालिका थियो । 

पुस (भोलि) २३ गते साँझ उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन माघ १२ गते हुनेछ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win