Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
कावासोती नापी कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण , कार्यालय बन्द कावासोती नापी कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण , कार्यालय बन्द - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

कावासोती नापी कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण , कार्यालय बन्द

344 पटक हेरिएको
Clock २०७८ पुष २९, बिहीबार १८:५२
-- Sponsored --

नारायण शर्मा

पूर्व नवलपरासी — नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर दुई कर्मचारीले कार्यालय कुरेका छन् ।

नापी अधिकृत भोला कोहारका अनुसार १२ कर्मचारीमध्ये एकैपटक ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय सञ्चालन गर्न सक्ने अवस्थै रहेन । बन्द गरेर सर्तकर्ता अपनाएका छौं । बन्द नगरे सेवाग्राहीलाई सर्न सक्छ, कोहारले भने, आज कोराना जँचाउन सबै कर्मचारीलाई जिल्ला अस्पताल डण्डा पठाइएको छ ।

बिहीबार प्रहरी उपरीक्षक प्रकाश मल्लले कर्मचारीलाई कारोना देखिएको जानकारी पाएका कारण सुरक्षाकर्मी खटाइएको र सर्तकता बढाइएको उनले जानकारी दिए । नापी कार्यालयले कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी गराएको र कार्यालय र परिसरमा सेनिटाइज गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

सोमबार केही कर्मचारीलाई सन्चो नभएको पाइएको थियो । परीक्षण गर्दा एकै पटक ९ जनामा संक्रमण पुष्टि भएपछि कार्यायलबाट सेवा दिन समस्या भएको छ । चिकित्सकको सल्लाह अनुसार कार्यलय खोलिने कोहारले बताए ।

 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win