+
+
-- Sponsored Ad --

सातौँ राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै

333 पटक हेरिएको
Clock २०७८ माघ १, शनिबार ०८:२४
-- Sponsored --

एन सञ्चार, १ माघः  योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ यसवर्ष योगाभ्यास र योगबारे जनचेतना जगाउन दिवस मनाउने भएको हो।

विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष भने भर्चुअल रुपमा दिवस मनाइनेछ। उनले सातै प्रदेशमा भर्चुअलरुपमा योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए। 

आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यासमा सहभागी गराइने उनको भनाइ थियो। 

सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो। यसवर्ष ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win