+
+
-- Sponsored Ad --

देशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना ।

465 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार १३:२८
-- Sponsored --

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव परेको छ ।

आइतबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो प्रदेश–१, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यस्तै आइतबार राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win