0 प्रतिक्रिया
माैसम विभागः आज देशभरको मौसममा सामान्य बदली रहने ।
काठमाडौँ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले सामान्य बदली रहेको छ ।
बिहान तराईका केही स्थानमा हुस्सु समेत लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज राति पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



