0 प्रतिक्रिया
चालक हत्या अपडेट : शंकास्पद दुइ जना नियन्त्रणमा,मृतकको शव पोष्टमार्टमका लागि पठाइयो ।
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो ।
ना २ ह ६१७३ नम्बरको अटो चालक हुन् । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । तथापि पोष्टमार्टम रिपार्ट आउनै बाँकी रहेकोले प्रहरीले घटनालाई शंकास्पद मात्र भनेको छ ।
महर्जनले भने – ‘बाग्मती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’
सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए । अटोमा बोलाएर लैजानेको पनि पहिचान भईसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
मृतकको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए ।
मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको थियो । घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।



