+
+
-- Sponsored Ad --

चितवनमा बाघले मार्यो दुई गैँडा

635 पटक हेरिएको
Clock २०७८ फाल्गुन ५, बिहीबार ०७:०४
-- Sponsored --

एन सञ्चार, फागुन ५ ।।

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन् । बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उहाँले बताउनुभयो । माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन् ।

चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन् ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win