+
+
-- Sponsored Ad --

नवलपुरमा मनाइयो निर्वाचन दिवश, मतदाता नामावली अध्यावधीकका लागि तीन दिन समय ।

439 पटक हेरिएको
Clock २०७८ फाल्गुन ८, आईतवार ०६:२७
-- Sponsored --

कावासोती, फागुन ७ :  निर्वाचन आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध तथा अध्यावधिककालागि तिन दिन मात्रै समय दिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुषालका अनुसार आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध सहित अध्यावधिकका लागि फागनु २० गते देखी फागुन २२ गते सम्म समय तोकेको छ ।

सो अवधिमा मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउने, दोहोरो नाम भए हटाउने, मृत्यु भएकाको बिवरण हटाउन लगायतका काम हुने कार्यालय प्रमुख भुषालले बताउनुभयो । यो अवधिमा एकै वडा भित्र आफुलाई पायक पर्ने मतदान केन्द्रमा नामावली नभए वडा वडा भित्रकै पायक पर्ने वडामा ठाउँसारी गर्न समेत सकिने उहाँले बताउनुभयो । तर अन्यत्रबाट ठाउँसारी गर्न भने नमिल्ले उहाँले बताउनुभयो ।

नवलपुरको कावासोतीमा शनिबार छैटौं निर्वाचन दिवसको अवसरमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै आयोगले माघ बीस गते भित्र कसैको मतदाता परिचय पत्र हराएको भए वडाको सिफारीसमा फागुन २० गते भित्र जिल्ला निर्वाचन कार्यालयमा मतदाता स्वयमले निवेदन दिन सक्ने कार्यालय प्रमुख भुषालले बताउनुभयो ।

दिवशका अवशरमा भएको कार्याक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख प्रशासकिय अधिकृत आनन्द शर्मा भुषालले आगामी निर्वाचन सफल रुपमा सम्पन्न गर्न आफूहरु लाग्ने बताउनुभयो । आयोग निर्वाचनमा होमिएकाले सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक मित्र शरण शर्मा, कांगे्स जिल्ला सचिव गोपाल बस्ताकोटी, राप्रपा जिल्ला सचिव गुनाखर काफ्ले, एमाले कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुधन थापा मगर, विवेकशील साझा पार्टी नवलपुरका अध्यक्ष देवराज पौडेल लगायतले निर्वाचनलाई विश्वसनिय बनाउन, आचार संहिताको पालना गराउन, विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न,खर्चलाई आचार संहिता अनुसार नियमन गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाहा गर्नुपर्ने बताएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win