+
+
-- Sponsored Ad --

घुम्टो हटाउदै धरहरा : वैशाख ११ गते प्रधानमन्त्रिले उदघाटन गर्ने

952 पटक हेरिएको
Clock २०७८ बैशाख ९, बिहीबार ०४:५८
-- Sponsored --

काठमाण्डौ : भूकम्पले भत्किएको धरहरा पुन र्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंगरोगन गर्ने काम भैरहेको छ । निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटा उँदै रंगरोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ ।

२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराको छोपिराखेको ठुटोसँगै नयाँ धरहरा बनिरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम तय भएकाले जोडतोडका साथ काम भैरहेको छ ।नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । २० औं तलामा उक्लिएर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। नयाँ धरहरामा दुईवटा लिफ्ट र एउटा परम्परागत भर्‍याङ रहनेछ।

४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फीटको बेस रहनेछ । नयाँ धरहरामा पनि पहिलेको जस्तै बुट्टा र गोला झ्यालहरु बनाइएको छ । धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टरेण्ट, आधुनिक पार्किङ र उद्यान पनि हुनेछ । तर धरहराको टावर बाहेकका अरु काम भने सुरु हुनै बाँकी छ । मंसिरसम्म सबै काम सकेर धरहरा खुला गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win