+
+
-- Sponsored Ad --

मिलेन एम सि सि बिवादः शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक

328 पटक हेरिएको
Clock २०७८ फाल्गुन १२, बिहीबार २१:४४
-- Sponsored --

काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेपछि संसद् सचिवालयले भोलिको बैठकका लागि कार्यसूची सार्वजनिक गरेको हो। 

भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)माथि छलफल हुने उल्लेख गरिएको छ। 

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सार्वजनिक गरेको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी संसदमा छलफलको लागि प्रस्तुत गर्ने रहेको छ। 

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए। 

एमसिसी विवादले पाँच दलीय सत्ता गठबन्धन नै टुट्ने अवस्थामा पुगेको छ। गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल अगाडि बढाएका छन्। 

संसदमा एमसिसीबारे छलफल गर्न खोज्दै गर्दा सडकमा ठूलो विरोध प्रदर्शन भएको छ। एमसिसीविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win