0 प्रतिक्रिया
ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन गर्ने माधव नेपालको चेतावनी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ ।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिनुभएको हो ।
सत्ताघटक नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न सम्भव नरहेको टिप्पणी गर्नुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



