0 प्रतिक्रिया
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उपमहासचिव ज्ञवाली
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभएकाे हाे । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उहाँकाे भनाइ छ। उहाँले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजेपनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताउनुभएकाे छ ।
नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उहाँले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनकाे तयारीमा लाग्न आग्रह समेत गर्नुभयो ।
उहाँले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हाशिल गर्ने सुनिश्चि भएको दावी गर्दै त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउँन दिएको निर्देशनले काग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताउनुभयो ।
उहाँले एमाले सरकारले गरेका काम जनतासम्म मात्रै पुराउँदा एमाले बाहेकका दललाई जनतासँग भोट माग्न जाने हैसियत नहुने पनि उहाँको भनाइ छ ।
वर्तमान सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाउनुभयो ।



