0 प्रतिक्रिया
क्रिकेट विश्वकप लिग टु : नेपालले आज यूएईसँग खेल्दै
७ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।
नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



