+
+
-- Sponsored Ad --

पीएनजीविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्दै

424 पटक हेरिएको
Clock २०७८ चैत्र ८, मंगलवार १२:४४
-- Sponsored --

८ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ ।

आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन् । सोमबार यूएईविरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन् । यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन् ।

यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्‍यो । पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ ।

यस शृङखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win