0 प्रतिक्रिया
गड्डाचौकी नाका ७२ घण्टा बन्द हुने
कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी ७२ घण्टा बन्द हुने भएको छ। भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनको सुरक्षाका लागि नाका बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले यही जेठ १४ गते अपराह्न ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने बताए।
उनले गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रको सीमानाका बन्द हुने जानकारी दिए। यो अवधिमा स्वास्थ्योपचारलगायत अत्यावश्यक सेवाका लागि भने अनुमति दिने प्रशासनले बताएको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



