+
+
-- Sponsored Ad --

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

641 पटक हेरिएको
Clock २०७९ जेष्ठ ११, बुधबार १०:२५
-- Sponsored --

११ जेठ, काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् ।

टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।

घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलेको छैन ।

ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए ।

यो विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win