+
+
-- Sponsored Ad --

आईजी सिंहद्वारा एआईजी पोखरेलको थप बिदा अस्वीकृत

472 पटक हेरिएको
Clock २०७९ जेष्ठ २५, बुधबार १९:२५
-- Sponsored --

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)विश्वराज पोखरेलको बिदा अस्वीकृत गर्नुभएको छ ।

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाउनुभएको थियो ।

आईजीपी सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिनुभएको हो । प्रहरी प्रवक्ता विष्णु केसीका अनुसार बिदा अस्वीकृतको जानकारी पठाएको बताउनुभयो ।

आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ गतेदेखि बिदामा हुनुहुन्थ्यो । उहाँ हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा हुनुभएको छ ।

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win