+
+
-- Sponsored Ad --

जोगियो गण्डकीका अर्थमन्त्री बरालको पद

270 पटक हेरिएको
Clock २०७९ असार ११, शनिबार १८:५६
-- Sponsored --

११ असार, काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो ।

 
तर शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको छ । मुख्यमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र अर्थ सचिव बसेर निकास खोज्न निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गण्डकी प्रदेशसभाका नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि अर्थमन्त्री नफेरिने बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘तलै मिलाउनुस् भनिएको छ, अर्थमन्त्री हटाउने कुरा छैन ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win