काठमाडौँ, मंसिर २९–

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई नेपाली रास्ट्रिय क्रिकेट टोलीको  नयाँ कप्तान बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो । सन्दीप हाल अष्ट्रेलियामा बीबीएल खेलिरहेका छन् ।