+
+
-- Sponsored Ad --

सेयर बजार ४१ अंकले बढ्यो

241 पटक हेरिएको
Clock २०७९ असार १५, बुधबार १५:२६
-- Sponsored --

१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।

बुधबारको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशः आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो । यस्तै धेरै गुमाउनेहरुमा मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड रह्यो ।

बुधबार कारोबारमा आएका २२८ कम्पनी मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win