काठमाडौं । गायक तथा सर्जक प्रशान्त मिस्टको नयाँ गीत ‘पहाड हिमाल तराई’ सार्वजनिक भएको छ । गीतमा गायक प्रशान्त मिस्टको स्वर तथा शब्द रहेको छ ।

गीतको भिडियोमा नलिना चित्रकार र दिपेश सिंहको गायन र अभिनय रहेको छ । गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा संगित आकाश केम र दिपेश सिंहको रहेको छ । त्यसैगरी विजय बज्राचार्यले छायांकन गरेका छन् भने सम्पादन र निर्देशन मिस्ट स्वयमले गरेका छन् ।

नेपालभित्र रहेका हिमाल, पहाड र तराईमा भएका विविध कुराहरुलाई समावेश गरेर उत्कृष्ट शैलीमा गीतमा प्रस्तुत गरिएको छ । गीतमा नेपाली मौलिकपन झल्काईएको छ ।

भिडियाे हेर्न तलकाे लिङकमा क्लिक गर्नुहाेस ।