+
+
-- Sponsored Ad --

नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

358 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार ०९:५२
-- Sponsored --

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज (साेमबार) नामिबियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

खेल नेपाली समय अनुसार साेमबार दिउँसो सवा ३ बजे सुरू हुने भएकाे हाे । तीन टोली सम्मिलित श्रृखला स्कटल्याण्डमा आइतबारबाट सुरू भएको हो । श्रृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको थियो ।

त्यसैले नामिबिया साेमबार नेपाललाई हराउँदै श्रृंखलामा पुनरागमन गर्ने अभियानमा रहेको छ । नेपाल पनि श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छ । क्यानडामा अभ्यास सकाएर नेपाली टोली सिधै स्कटल्याण्ड पुगेको हो । नेपालले लिग-२ क्रिकेटमा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो ।

त्यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । लिग-२ क्रिकेटको अंक तालिकामा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । साथै १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा रहेकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win