+
+
-- Sponsored Ad --

१० वर्षमा धनकुटाका १८ जनाकाे वैदेशिक रोजगारीमा मृत्यु

295 पटक हेरिएको
Clock २०७९ श्रावण १, आईतवार १५:४६
-- Sponsored --

धनकुटा । विगत एक दशकको अवधिमा धनकुटाबाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले ज्यान गुमाएका छन् ।

मलेसियासहित खाडी देशहरूमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटनापरि ज्यान गएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

मृतकमध्ये श्रम स्वीकृृती लिएर गएका १२ जनाको परिवारले रोजगारदाता कम्पनी र नेपाल सरकारबाट राहत र क्षतिपूर्ति रकम पाएका छन् । बाँकी ६ जनाको भने क्षतिपूर्ति र राहत प्राप्तिको प्रक्रिया पूरा नभएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

एक दशकको अवधिमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win