मौलाकालीका मन्दिरमा केवलकार जोड्ने कार्य शुरुः

गैँडाकोट, जेठ १० । देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ ।केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । मन्त्रीपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि फिल्डमा काम थालिएको छ । धार्मिक वन र मौलाकालि सामुदायिक वन क्षेत्रका रुखहरु कटान हुनेछन् ।

नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमका बीच रुख कटानको थालनी गरिएको छ ।केवलकार निर्माणको काम सुरु भएको बताउँदै नगरप्रमुख छत्रराज पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताए ।

पौडेलले निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन द्ययाउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताए ।

 

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित निर्माण कम्पनी मौलाकालि केवलकार प्रालि परिवार, निजी क्षेत्र, धार्मिक सेवा समिति, सामुदायिक वन देखि स्थानीयप्रति नगरप्रमुख पौडेलले आभार व्यक्त गरे ।उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालि केवलकार निर्माण प्रालिले केवलकार निर्माण गर्ने भएको हो। कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गरे ।

साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताउँदै ठूला भन्दा धेरै पोल साइजका रुख भएकाले जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गर्ने जानकारी दिए । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम सुरु गर्ने बताए ।

गैँडाकोट १ धारापानीमा र मन्दिर नजिक रहेको हेलिप्याडमा गरी दुई वटा स्टेशन बन्नेछ । दुई वटा स्नेशन रहने केवलकारको कुल लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने क्षमता केवलकारको रहने छ ।

५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ । समय अनुसार लागत बढ्नपनि सक्ने साउदको भनाई छ ।मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताए ।
धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको उनको भनाई छ ।

योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर शर्तहरु पुरा गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माणको अनुमति दिएको सापकोटाले बताए ।सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिह गुरुङले रुख कटान गर्दा ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिएका थिए ।
उनले रुख कटान गरिएको नजिकै वृक्षारोपणको ठाउँ उपलब्ध गराउन आग्रह गरे । वृक्षारोपण निर्माण कम्पनीले गर्नेछ ।

वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताए ।उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्रै नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने बताए ।

मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान आग्रह गर्दै भएको सहमति काार्यन्वयनमा कमी हुन नहुनेमा सचेत गराए ।
साथै गैँडाकावासीले केवलकार चढेर आउदा जादा हुनुपर्ने सहुलियत देखि रोजगार लगायत सहमति सम्झौताका कुरालाई मनैदेखि मनन गरेर स्थानीयवासीहरुसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका सचिव सुरेन्द्र रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रममा धारापानी खानेपानी संस्थाका अध्यक्ष लगायत समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीका वीच छोटो कार्यक्रम गरी कटानको थालनी भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *