
देवचुली , माधब सुबेदी
देवचुली नगरपालिकामा पुनं स्वाब संकलन कार्य सुरु गरिएको छ । स्वाब संगलन कार्य देवचुली नगरपालिकाले देवचुलीको दुम्कौली अस्पतालमा विहान ८ बजेबाट सुरु गरेको हो । देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अ.हे.व शिव पराजुलीले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोसो चरण्को लहरलाई मध्यनजर गरि देवचुलीका नगरबासीहरुलाई स्वाब संकलनको लागि टाढा जानु नपर्ने भन्दै सुरु गरिएको जानकारी दिनुभयो । उहाले सोमबार ४४ जनाको स्वाब संकलन गरि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाईएको र मंगलबार बेलुका सम्ममा रिपोर्ट आइपुग्ने जानकारी दिनुभयो । हालसम्मको तथ्याकं अनुसार देवचुली नगरपालिकामा कोरोना भाइरस बाट ४ जनाको मृत्यु भएको र १ सय २३ जना संक्रमित रहेका छन् भने ३७ जना निको भएका छन ।