+
+
-- Sponsored Ad --

संघीयता कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन कोशेढुंगा सावित: दिनेशकुमार थपलिया

343 पटक हेरिएको
Clock २०७९ श्रावण ४, बुधबार १४:४५
-- Sponsored --

काठमाडौं । निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दावी गर्नुभएको छ ।

विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचन तोकिएको समयमै गर्नुपर्ने स्पष्ट पनि स्थानीय तहको निर्वाचनले दिएको बताउनुभएकाे हाे । आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनले स्थानीय तहमा महिलाको प्रतिनिधित्व र लैङ्गिक एवं समावेशिताको अभ्यास अब मजबुत भएको संकेत दिएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा लैङ्गिक समावेशिताको कुरा कानून संशोधन गरेर अझै बढाउने प्रक्रियामा रहेपनि गत स्थानीय तहको निर्वाचनले महिलाको प्रतिनिधित्व र समावेशी सुनिश्चितता श्रृंखला स्पष्ट बनेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनले पम्प्लेट, ब्यानर नभइ जनताको मन जित्नुपर्छ भन्ने धारणा स्थापित गर्नु अर्को सफलता भएको बताउनुभयो ।

आयुक्त थपलियाले पर्यवेक्षण संस्थाहरूले निर्वाचन आयोगलाई दिएको प्रतिवेदन अस्पष्ट रहेको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र, वडा अध्यक्ष र सदस्यहरूको अर्को मतपत्र हुने व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रमुख र उपप्रमुखको मत गणना केन्द्रमा अर्थात् निर्वाचन अधिकृतको कार्यालयमा, बाँकी मतपत्र वडामा नै गन्ने र वडाबाटै नतिजा प्रकाशन गर्ने गरेर हामीले कानूनको तयारी गरिरहेको पनि बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win